डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनिन् ह्यारिस, बन्लिन् त पहिलो अमेरिकी महिला राष्ट्रपति
एजेन्सी– अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी छन् । उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गर्दै आधिकारिक उम्मेदवार भएकी हुन् ।
शुक्रबार आधिकारिक उम्मेदवार घोषणा भएकी ह्यारिसलाई राष्ट्रपति जो बाइडेन पुन राष्ट्रपति बन्ने दौडबाट पछि हट्दै समर्थन गरेका थिए । सोपछि ह्यारिसले भर्चुअल रोल कलमा कुनै विरोधको सामना गर्नु परेन।
ह्यारिस अमेरिकी पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा छनोट हुने पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् । यदि उनले नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरिन् भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन् ।