रुसमा भवन भत्किँदा चारजनाको मृत्यु
काठमाडौं– रुसको निज्नी टागिल सहरमा रहेको एक आवासीय भवन भत्किँदा चारजनाको मृत्यु भएको छ ।
रुसको स्वेर्डलोभस्क ओब्लास्टमा रहेको सहर निजनी टागिलमा रहेको भवनको दुईवटा प्रवेशद्वारमा ग्यास–एयर मिश्रणको विस्फोटका कारण उक्त दुर्घटना भएको बताइएको छ ।
भग्नावशेषबाट सात बालबालिकासहित १५ जनाको उद्धार गरिएको छ ।