Logo

मर्दी हिमाल बेस क्याम्पमा भेटियो ७ महिनाअघि हराएका स्विडिस नागरिकको अवशेष

कास्की– मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष फेला परेको छ । ७ महिनाअघि हराएका स्विडिस नागरिक माइकल लिउ ब्लोम्बर्गको अवशेष फेला परेको हो ।

माछापुच्छ्रे गाउँपालिका–९ का स्थानीय भेडापालक गोविन्द गौतमले शुक्रवार निगालो घारीमा उक्त मानव अवशेष फेला पारेका हुन् । पदयात्रामा गएका माइकल मर्दी बेस क्याम्पबाट गत डिसेम्बर ३० मा हराएका थिए ।

४ हजार ५ सय मिटर उचाइमा रहेको मर्दी बेस क्याम्पको लामडाँडा खोँचमा मान्छेको दुई वटा हड्डी, टाउजर र आइफोनसहितको मानव अवशेष फेला परेको वडा नं ९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए । बेस क्याम्पको मुख्य बाटोभन्दा करिब १२ सय मिटर पूर्वतिर मर्दी खोलाको उद्गम स्थलमाथि पर्ने लाम डाँडाको खोँचमा उक्त अवशेष फेला परेको थियो ।

टाउजर र आइफोनका आधारमा स्विडिस नागरिकको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्