काठमाडौं– नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ।
शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ बढेर रेकर्ड राखेको सुनको मुल्य आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात २५ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आज चाँदीको मूल्यमा १० रूपैयाँ घटेर प्रतितोला एक हजार सात सय ८५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
प्रतिक्रिया