बेलायतमा आप्रवासीविरुद्ध आन्दोलन चर्किँदै
काठमाडौं– बेलायती सडकमा दक्षिणपन्थी प्रदर्शनकारीहरूले प्रदर्शन गरेका छन् ।
आप्रवासीविरुद्ध भएको आन्दोलनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। १७ वर्षीय अफ्रिकी आप्रवासीको सन्तानबाट तीन बेलायती बालिकाको हत्या भएपछि प्रदर्शन चर्किएको छ ।
लिभरपुल, लिड्स, हललगायतका बेलायती सहरमा प्रदर्शन भएको थियो । शनिबारको प्रदर्शनमा ३० जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ । बुधबार १०० प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो ।