विद्यालय बसको ठक्करबाट साइकलयात्रीको मृत्यु


विराटनगर– मोरङको रङेली नगरपालिका–२ चेका पुलमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयको ठक्करबाट साइकल यात्री धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो।

विद्यार्थी लिन गएको उक्त बसले ठाकुरलाई बिहान ९ः४५ बजेतिर बसले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि रङेली अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेको हो ।

उनको शवलाई पोस्टमार्टमका लागि रङेली अस्पतालमै राखिएको छ। बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । बसको तीव्र गति र चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।