काठमाडौं– नेकपा (एमाले) केन्द्रीय सदस्यमा मनोनीत हरिप्रसाद उप्रेतीले सपथ लिएका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट उनले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
पूर्वमन्त्री तथा सर्लाही जिल्लाको इन्चार्ज समेत रहेका उप्रतीसँगै आजै अन्य १६ जनाले आइतबार सपथ लिएका छन् ।
साउन १७ मा बसेको नेकपा एमाले केन्द्रिय सचिवालय बैठकले एक उपाध्यक्ष, दुईजना स्थायी कमिटी सदस्य तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । उपाध्यक्षमा गुरु बराल मनोनीत भएका थिए । सबै सदस्यले पार्टी अध्यक्ष ओलीबाट सपथ ग्रहण गरेका हुन् ।
प्रतिक्रिया