Logo

पुणेको एक कारखाना विष्फोट हुँदा एक नेपाली कामदारको मृत्यु

भारतको महाराष्ट्र राज्यको पुणेस्थित एक कारखानामा विष्फोट हुँदा नेपाली कामदारको मृत्यु भएको छ । पुणेको माभल तालुकाको परान्दवाडीस्थित सवारी साधनको स्पेयर पार्ट्स बनाउने एक कारखानमा विस्फोट हुँदा २२ वर्षीय नेपाली युवकको जलेर मृत्यु भएको हो

ती युवकको नाम अजय कुमार बजरंगी प्रसाद मौर्य भएको प्रहरीले बताएको छ । उनी कारखाना परिसरमै बस्थे ।

बिहीबार मौर्यले खाना पकाउन स्टोभ चुल्हो बाल्न केही केमिकल प्रयोग गरेका थिए । तर केमिकल पड्किएर उनको शरीर निकै जल्यो । तत्कालै उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उनको शल्यक्रिया गरिएको भए पनि शनिबार जलेको घाउकै कारण उनको निधन भएको भारतीय सञ्चाल माध्यमले जनाएका छन् । यस मामिलामा प्रहरीले छानबिन गरिरहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्