घरदैलोमा पुगेकी रास्वपा सांसद शोभिता गौतममाथि खनिए स्थानीय


काठमाडौं- सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद शोभिता गौतमको भिडियो भाइरल भइरहेको छ । जहाँ उनको स्थानीयसँग वादविवाद भइरहेको छ ।

गत प्रतिनिधि सभा चुनावमा काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् शोभिता । रास्वपा सरकारबाट बाहिरिएपछि सांसदहरु यतिबेला जनतासँग जोडिने काम गरिरहेका छन् । यसैक्रममा शोभिता आफु निर्वाचित क्षेत्रमा घरदैलोमा जनताको गुनासो सुन्न पुगेको भाइरल भिडियोमा देख्न सकिन्छ ।

भिडियो खिचेको मेसो पाउने वित्तिकै गौतमको स्वकीय सचिबले भिडियो नखिच्न आग्रह गर्छिन् तर भिडियो खिचिने क्रम निरन्तर चलिरहेको हुन्छ । भिडियोमा सोबिताले यो समाजलाई राम्रो बनाउनको लागि तपाइँ पनि मिठो बोल्नुस , हामि पनि मिठो बोल्छौँ भनिरहेकी छिन् । वर्षौ देखि राजनीतिमा भएको हर्कतले दिक्क मानेका एक स्थानीय ‘मिठो बोलेर नहुदो रैछ भन्दै’ झटारो दिन्छन्।

उनी मिठो बोलेर सपोर्ट गर्ने भए हामि केपीलाई सपोर्ट गरी हाल्थ्यौँ नि भन्दै जवाफसमेत दिन्छन् । जनताको गुनासो सुन्न पुगेकी शोभिता स्थानीयले एकैपटकमा वर्साएको प्रश्नको सामना गर्न नसकेपछि त्यहाँबाट हिँड्न नै उपयुक्त ठान्छिन् । उनी् दुइ हात जोड्दै ‘तपाईहरुलाई सुभकामना भनेर आफ्नो बाटो लाग्छिन्’ , शोभिता जाँदा जाँदै स्थानीयका हुलबाट एक जनाले प्रश्न गर्छन्, तपाई सांसद भएपछी कति जनालाई रोजगार दिनुभयो? यसको जवाफ स्वकीय सचिवले फर्काउँदै भन्छिन्, ‘कार्यालयमा आउनुस् ।’

पछिल्लो समयमा शोभितामात्र होइन रास्वपाका सभापति रवि लामिछानेदेखि अन्य नेताहरु जनताबीच आलोचनाको घेरामा परेका छन् । रास्वपाका कार्यकर्ता ५ दिनसम्म सार्वजनिक बसमा चढ्ने भन्दै शनिबारदेखि सार्वजनिक बसमा यात्रा गर्दा नौटङ्की देखाएको भन्दै रास्वपाका नेताहरु आलोचना खेपिरहेका छन् ।