Logo

मौका परिक्षा लिएको दुई हप्तामै त्रिविले निकाल्यो नतिजा

काठमाडौं– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले मौका परीक्षाको नतिजा परीक्षा सकिएको दुई हप्ताभित्रै प्रकाशन गरिसकेको छ । कार्यालयले मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।

२ साउनदेखि ९ गतेससम्म सञ्चालन भएको वार्षिक कार्यक्रम अन्तर्गतको मौका परीक्षाको नतिजा साउन १३ गतेदेखि सुरु गरेर गत शनिबार सकिएको परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।

कार्यालयले प्रथम सेमेस्टरका अंग्रेजी, नेपाली, इतिहास, ग्रामीण विकास, समाजशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र लगायतका विषयको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको हो । विद्यार्थी कम र काठमाडौंमा मात्रै परिक्षा केन्द्र बनाएर परिक्षा सञ्चालन गरिएकाले नतिजा चाँडोे निकाल्न सकिएको विश्वविद्यालयले जनाएको छ । पहिले मौका परिक्षाको नतिजा निकाल्न एक वर्षसम्म लगाउने गरेको थियो । तर यो पटक दुई हप्तामा नै नतिजा निकाल्दा विश्वविद्यालय सुध्रिन लागेको भन्दै विद्यार्थीहरुमा विश्वास समेत पलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्