गुगल प्ले स्टोरबाट ‘ई–सेवा एप’ गायब


काठमाडौं– नेपालकै ठूलोमध्ये एक डिजिटल भुक्तानी प्लाटफर्म ‘ई–सेवा’ एप गुगल प्ले स्टोरबाट गायब भएको छ । गुगलले प्ले स्टोरबाट ‘ई–सेवा’ को एप गायब भएपछि यसका प्रयोगकर्ताले चासो राखेका छन् ।

एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरबाट एप डाउनलोडको सुविधा दिइएको हुन्छ । गुगल प्ले स्टोरबाट ई–सेवा एप गायब भए पनि आईओएस प्लाट फर्ममा भने ईसेवा यथावत छ ।

‘ई–सेवा’को एप मंगलबार बिहानदेखि प्ले स्टोरबाट गायब भएको विषयमा कम्पनीले केही जानकारी दिएको छैन । यसबारेमा कम्पनीका अधिकारीले पनि प्रतिक्रिया दिन इन्कार गरेका छन् ।