Logo

रवि लामिछानेलाई प्रधानमन्त्री ओलीमाथी विश्वास

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारमा राजनीतिक दलको संलग्नता जगजाहेर रहेको टिप्पणी गरेका छन् ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक नेतृत्वहरुकै संलग्नतामा ठूला–ठूला भ्रष्टाचारहरु भएको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी उक्त बैठकमा पूर्व गृहमन्त्री लामिछानेले सरकारमा सहभागी दलका नेताहरु पनि भ्रष्टाचारमा संलग्न रहेको विषय आउँदा निश्पक्ष अनुसन्धान र कारबाही हुन्छ भन्ने विश्वास आम जनतालाई दिलाउन आवश्यक रहेको बताए ।

‘भ्रष्टाचारका विषयमा राजनीतिक दलहरुको संलग्नता जगजाहेरजस्तै छ । राजनीतिक नेतृत्वको संलग्नताको ठूला–ठूला भ्रष्टाचार छन् । यिनलाई अन्त्य गर्नका निमित्त प्रधानमन्त्रीज्यूको प्रतिवद्धताले प्रर्याप्त होला र रु मसँग सरकारमा सहभागी भएका कुनै पनि राजनीतिक दलका नेताहरुको विषय आउँदाखेरी पनि गर्न सक्ने ग्राउन्ड यो छ भन्दिनुभयो भने चाहीँ अझ बढी विश्वशनीय होला । विश्वास हामीलाई चाहिएको होईन, आम जनतालाई विश्वास भयो भने पुगिहाल्छ,’– उनले भने ।

साथै, नेता लामिछानेले प्रधानमन्त्री ओलीले चाहेको खण्डमा यी राम्रो काम गर्न सक्ने उनको भनाइ छ । ‘चाहँदा चाहीँ तपाईँले सक्नुहुन्छ भन्ने मलाई विश्वास छ । कति चाहनुहुन्छ, तपाईँको दायरा कति छ रु त्यो तपाईले जान्नुहुन्छ,’ लामिछानेले भने ।

लामिछानेको प्रश्नमा केन्द्रीत हुँदै प्रधानमन्त्री ओलीले आफूले कहिले पनि भ्रष्टाचार नगरेको र भ्रष्टाचार गर्न कसैलाई इज्जाजत पनि नदिएको बताए । कहिले–कहिले आफ्नो बुताभन्दा बाहिर भएको कुरा रोक्न नसकिएको भए पनि भ्रष्टाचार गर्न नदिइने उनले बताए । भ्रष्टाचारको मामिलामा कसैको अनुहार नहेरी कडा नीति अख्तियार गरिने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्