जलसतह सतर्कता तह नजिक पुग्यो सुनकोसी, दिउँसो ४ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौं– सुनकोसी नदीमा जलसतह सतर्कता तहनजिक पुगेको छ । हमपचुवार भोजपुर र सुनकोसी नदी कम्फुघाट उदयपुर जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जलसतह बढ्दो क्रममा रहेकाले सुनकोसी नदीको तटीय क्षेत्रमा रहनेहरूलाई दिउँसो ४ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।