काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपाली राष्ट्रिय महिला भलिबल टोलीसँग भेटेका छन् ।
काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनल खेल हुनुअघि उनले काठमाडौं महानगरपालिकाका अन्य प्रतिनिधि सहित बुधबार महिला टोलीसँग भेटघाट गरेका हुन् । उनले भेटघाटमा महिला खेलाडीहरुको मेहेनत देखेर आफु प्रेरित भएको बताएका छन् ।
फाइनल खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्डहलमा सुरु हुँदैछ । भारतलाई लिग चरणमा हराउँदै ऐतिहासिक जीत निकालेको नेपालले भारतलाई फेरी हराएर उपाधी हात पार्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया