काठमाडौं– आज नेपाली चलचित्र उद्योगले चर्चित नायक श्रीकृष्ण श्रेष्ठलाई गुमाएको एक दशक पूरा भएको छ । २०७१ साल साउन २५ गते श्रीकृष्णको ४६ वर्षको उमेरमा मृत्यु भएको थियो ।
नायिका स्वेता खड्कासँग लामो समयको प्रेमसम्बन्धपछि बिबाह गरेका श्रेष्ठ हनिमुनका लागि भारत पुगेका थिए । हनीमुनमा नै उनको स्वास्थ्य अवस्था बिग्रीन थालेको थियो । बिबाह भएको एक महिनामा नै श्रेष्ठले उपचारकै क्रममा भारतमा आफ्नो प्राण त्यागेका थिए ।
त्यस समयमा श्रीकृष्ण श्रेष्ठले नै निर्माण गरेको चलचित्र कोहिनुर प्रदर्शनको तयारीमा थियो । जसमा स्वेता र श्रीकृष्ण नै प्रमुख भुमिकामा थिए । उनको निधनपछि नेपाली सिने क्षेत्रनै शोकमा डुबेको थियो । दर्शकहरुका प्रीय हिरो श्रीकृष्ण श्रेष्ठको अन्तिम सौगात सम्झेर उक्त समयमा कोहिनुर चलचित्र हेरेका थिए । फिल्म सुपरहिट समेत भएको थियो ।
श्रीकृष्ण श्रेष्ठको जन्म २०२७ पुष १४ गते भएको थियो । उनी विसं २०४५ सालमा ‘भूमरी’ चलचित्रबाट नेपाली चलचित्रमा भित्रिएका थिए । नाता’ चलचित्रबाट प्रमुख देखिएका उनी कहिल्यै पछाडी फर्किएर हेर्नुपरेन ।
श्रीकृष्णले अभिनय गरेका अधिकांश सिनेमा ५१ र १०० दिन मनाउन सफल छन् । आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तीन भाइ, पाहुना, कहाँ भेटिएला, कोहिनुर आदि श्रेष्ठका हिट चलचित्र हुन् । फिल्म बाहेक बाहिरपनि निकै मिलनसार भएकाले उनी दर्शकमात्र नभएर चलचित्रकर्मीहरुको बीचमा पनि उनी निकै प्रीय थिए ।
२०७१ असार २३ मा उनी स्वेता खड्कासँग विवाहबन्धनमा बाँधिएका थिए । हनिमुनका लागि सिमला पुगेको बेलामै उनी बिरामी परेपछि उपचारका लागि भर्ना भएका थिए । उनको निमोनियाका कारण दिल्लीको गंगाराम अस्पतालमा उपचारमा मृत्यु भएको थियो ।
प्रतिक्रिया