काठमाडौं– पछिल्लो समयमा हैसा देशव्यापी रुपमा फैलन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा. तोसिमा कार्कीले यसको नियन्त्रणका लागि पहल गर्न अनुरोध गरेकी छिन् । बिहीबार डा. काकीले स्वास्थ्य मन्त्रालय, खानेपानी मन्त्रालय तथा अन्तर्गतका निकायहरुमा पत्र लेख्दै हैजा नियन्त्रणका लागि सुझाव दिएकी छिन् ।
नेपालमा यस वर्ष साउन ७ मा ललितपुरमा पहिलोपटक हैजा देखिएको थियो । सो यता बिहिबारसम्ममा ४ जिल्लाका ३७ हजामा हैजा पुष्टी भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ललितपुरमा २६ जना, कैलालीमा ८ जना, प्युठानमा २ जना र काठमाडौँमा एकजनाम हैजा देखिएको हो ।
ललितपुर–३ बाट निर्वाचित डा. कार्कीले ललितपुरमा हैसाको सङ्क्रमण सबैभन्दा धेरै देखिएकाले चिन्ता व्यक्त गरेकी छिन् । मानिसमा अतिशीघ्र कडा जलवियोजन भई मृत्युसमेत निम्त्याउन सक्ने हैजाले महामारीको रुपसमेत लिनसक्ने भन्दै उनले महामारी नियन्त्रण गर्न सुझाव दिएकी छिन् ।
उनले स्वास्थ्य र खानेपानी मन्त्रालयलाई व्यक्तिगत तथा वातावरणीय सरसफाई र स्वच्छ खानेपानीबारे देशव्यापी रूपमा जनचेतना फैलाउन अनुरोध गरेकी छिन् । यसका लागि स्थानीय सरकार र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा जनस्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, टोल सुधार समिति लगायतका स्थानीय समूह समेतलाई सहभागी गराइ बृहत सचेतना कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।
हैजा संक्रमण देखिएका जिल्लाहरू र विशेषगरि ललितपुरका सार्वजनिक स्थानहरूमा हैजाबाट बच्नका लागि पानी शुद्धिकरण तथा क्लोरिनेसन, व्यक्तिगत र वातावरणीय सरसफाइका उपाय लगायतका जानकारीलाई व्यापक बनाउन उनले अनुरोध गरेकी छिन् । यस्ता जिल्लाहरुमा स्वास्थ्य चौकी मार्फत पानि शुद्धिकरणका लागि स्थानीय बासिन्दालाई उपलब्ध हुनेगरि निःशुल्क पिउस वितरण गराउन उनले माग गरेकी छिन् ।
हैजाको नियन्त्रणका लागि देशैभरिका खानेपानी उपभोक्ता समितिहरू तथा खानेपानी वितरण गर्ने कम्पनीहरूलाई क्लोरिनेसनको बारेमा तालिम र अभिमुखीकरण अनिवार्य गर्नुपर्ने उनको सुझाव छ ।
मनसुनको समयमा आउने बाढी, पहिरोजस्ता प्रकोपले खानेपानी तथा ढलको पाइप फुट्ने, पानीका मुहानहरू सङ्क्रमित हुने भएकाले हैजा फैलन नदिन यथाशीघ्र काम थाल्न अनुरोध गर्दै उनले मन्त्रालयहरुलाई पत्र लेखेकी हुन् ।
प्रतिक्रिया