काठमाडौं– टिचिङ हस्पिटलमा छतबाट हाम फालेर एक युवाको मृत्यु भएको छ ।
गोकर्णेश्वर ४ बस्ने २१ वर्षीय स्वरूपराज आचार्यको छतबाट हाम फालेर मृत्यु भएको हो । आचार्यले आज दिउँसो करिब ३ बजे मनमोहन कार्डियो थेरसिस नयाँ भवनको छैटौं तलामा रहेको एस क्याफेको छतको रेलिङ बाट हाम फालेका थिए ।
हाम फालेर गम्भीर घाइते भएका आचार्यको इमरजेन्सीमा भर्ना गरेर उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया