Logo

प्रचण्डले नै आफूविरुद्ध पार्टी विभाजनको हल्ला चलाएको जनार्दन शर्माको दाबी

काठमाडौं– नेकपा (माआोवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालबाटै आफूविरुद्ध पार्टी विभाजनको हल्ला चलाईएको खुलासा गरेका छन् ।

स्थायी कमिटी बैठकमा पेश गरिएको प्रस्तावमा शर्माले भनेका छन्–‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तिव्रता दिईयो । उक्त प्रचारबाजीलाई मद्दत पुग्नेगरि पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिरउन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरुलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो । देशभर यसको असर देखा पर्न थाल्यो । फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ ।’

उनले आफूले नेतृत्वविरुद्ध केही प्रश्न गरेकै कारण यस्तो अफवाह फैलाईएको दाबी गरेका छन् । उनले भनेका छन्–‘मूल नेतृत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडि केही प्रश्नहरु छन् । ती प्रश्नहरुको जवाफ दिने झन्झटतिर लाग्नुभन्दा आम पँक्तिलाई तरंगित पार्ने विषय हालिदिएर ध्यान अर्कैतिर मोड्ने उद्देश्य रहेको छ । स–साना अन्तरविरोध समाधान गर्न झन ठूलो अन्तरविरोध सिर्जना गरिदिनुपर्छ भन्ने अध्यक्षको मान्यताले काम गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्