काठमाडौं– पौने ३ लाख बालबालिका नेपाल बाहिर बस्दै आएको तथ्यांकले देखाएको छ । २०७८ सालको जनगणना अनुसार नेपालबाट २१ लाख ९० हजार ५ सय ९२ नेपाली नागरिक अक्सर विदेश बसोबास गरिरहेको देखिन्छ । तीमध्ये १२.६ प्रतिशत बालबालिका रहेका छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयले गत शुक्रबार सार्वजनिक गरेको बालबालिका सम्बन्धी तथ्यांक अनुसार विदेशमा बसोबास गर्ने कुल पुरुषमध्ये ११.१ प्रतिशत बालक र कुल महिलामध्ये १९.१ प्रतिशत बालिका छन् ।
यसरी बालबालिका विदेशिनुमा अभिभावकसँग विदेश गएको वा अध्ययन तथा कामको सिलसिलामा गएको पाइएको छ । विदेशमा गएकामध्ये कति जना भारत र अन्य मुलुकमा गएका हुन भन्ने चाहिँ खुलेको छैन ।
प्रतिक्रिया