अंशमा विवाद भएपछि खुकुरी हानेर श्रीमतीको हत्या


मोरङ– अंश विवादमा मोरङको सुन्दरहरैँचामा पत्नीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाकी ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वर्ष ५८ का ५८ वर्षीय लक्ष्मण नेपाल छन् ।

अंश विवादका कारण उक्त घटना घटेको प्रहरीले जनाएको छ । नेपाल दम्पतीले किनेको १६ धुर जग्गा किनेर पवित्राको नाममा थियो । सोही जग्गाको विषयमा उनीहरुबिच विवाद थियो । जग्गाको विषयलाई लिएर उनीहरुले अर्काविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।

लक्ष्मणले अदालतमा जग्गा रोक्कासम्बन्धी मुद्दा हालेका थिए । पवित्राले घरेलु हिंसा र मानाचामल सम्बन्धी मुद्दा दर्ता गरेकी थिइन् । अदालतले उनीहरु दुबैलाई मिलापत्र गराएको थियो ।

मिलापत्रपछि पनि माइत बसेकी श्रीमतीलाई मिलेर बस्नुपर्छ भन्दै लक्ष्मणले घरमा बोलाएका थिए । माइतबाट घर आएकी श्रीमतीलाई आइतबार बिहान ११ बजेतिर खुकुरी प्रहार गरेको आइतबार खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।