एजेन्सी– अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किएको छ । हेलिकप्टरमा सवार पाइलटको घटनास्थलमा नै मृत्यु भएको छ।
हेलिकप्टरमा पाइलटमात्र सवार थिए । उनलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ ।
उक्त हेलिकप्टर पानी परिरहेका बेला हेलिकप्टर बत्ती नबाली निकै तलबाट आएको र होटलको छतमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । हेलिकप्टर ठोकिँदा दुईवटा पंखा भाँचिएर स्विमिङ पुलमा खसेको थियो भने होटलमा आगो लागेको थियो ।
प्रहरीका अनुसार हेलिकप्टर दुर्घटना भएपछि आगलागी भएकाले होटलबाट करिब ४०० जनालाई बाहिर निकालिएको थियो ।
होटलका ८० र ७० वर्षका दुई जना पाहुनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था सामान्य छ ।
हेलिकप्टरलाई भाडामा लगाएको एक कम्पनीका अनुसार यो उडान अनधिकृत थियो । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया