झापा– झापामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका वडा न.१ मा देवी खोलामा डुबेर स्थानीय महेश रसाइलीका ९ वर्षीय छोरा सौरभ रसाइलीको मृत्यु भएको हो ।
शनिबार साँझा खोलामा खेल्ने क्रममा लडेर डुब्दा उनी गम्भीर घाइते भएका थिए । स्थानीयको पहलमा तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया