कलाकार बिना एआईबाटै बन्यो नेपाली म्युजिक भिडियो
काठमाडौं– पछिल्लो समयमा आर्टिफिसियल इन्टिलिजेन्स ‘एआई’ निकै नै लोकप्रीय भइरहेको छ । यसैक्रममा बिना कुनै कलाकार नै एआईको सहायताले तयार गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘भाइब्ज ब्याण्ड नेपाल’ ले विभिन्न एआई सफ्टवयरको प्रयोग गरेर म्युजिक भिडियो सार्वजनिक गरेको छ । पप रक ब्याण्ड भाइब्जले करिब एक साताअघि ‘थाकिसकें’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । म्युजिक भिडियोमा सम्पूर्ण दृश्य नै एआईमार्फत तयार पारिएको छ। ब्याण्डले सन २००८ मा सार्वजनिक आफ्नो लोकप्रिय गीत थाकिसकेंलाई परिमार्जन गरेर यो गीत ल्याएको हो।
एआईलाई दिइएको निर्देशनमा आधारित तयार भिडियोमा युवायुवतीको प्रेम र विछोडको कथा देखाइएको छ। इनडोर र आउटडोर दृश्यहरू भिडिओमा देख्न सकिन्छ । मिडजर्नी, रनवे एमएल, लुमा एआई, किङ एआई, टोपाज भिडियो एआईजस्ता एआई सफ्टवेयरको मद्दतबाट भिडिओ तयार गरिएको हो।
विवेक पोखरेलको शब्द, मनोज सिंहको बाँसुरी रहेको छ । गीतको निमाएता साश्वत श्रेष्ठ रहेका छन् । भिडिओमा भोकलिस्ट प्रइनको एआई निर्देशन, सम्पादन र कलर ग्रेडिङ तथा अजय भट्टराईको स्क्रिनप्ले र साश्वत श्रेष्ठको मिक्सिङ छ ।
उक्त भिडियोलाई नेपालकै पहिलो एआई म्युजिक भिडिओ भएको दाबीसमेत गरेको छ।