एजेन्सी– युक्रेनले रूसको कुर्स्क क्षेत्रका २८ वटा गाउँ कब्जा गरेको छ ।
लामो समयदेखि रूससँग युद्धमा रहेको युक्रेनले पछिल्ला ६ दिनयता रूसको कुर्स्क क्षेत्रभित्र छिरेर उक्त भुभाग कब्जा गरेको हो ।
यस विषयमा कुर्स्क क्षेत्रका गभर्नर एलेक्सी स्मिरनोभले राष्ट्रपति भ्लादिमिर पुटिनलाई यसबारे ब्रिफिङ गरेका छन्। २८ वटा गाउँ युक्रेनी सेनाको कब्जामा परेको १२ जना नागरिकको मृत्यु र एक लाख २१ हजार रुसी नागरिकहरु विस्थापित भएको गभर्नरले पुटिनसमक्ष ब्रिफिङ गरेका हुन्।
उक्त क्षेत्रको करिब एक हजार स्क्वायर फिट क्षेत्र कब्जा गरिएको युक्रेनले पनि पुष्टि गरिसकेको छ । रुसी क्षेत्रको भुभाग कब्जा गरेको बदलामा उचीत जवाफ फर्काउने पुटिनले बाचा गरेका छन् ।
कुर्स्क क्षेत्रकै बिलोभिस्की जिल्लाबासीलाई त्यस क्षेत्र छाड्नसमेत अनुरोध गरेको छ।
त्यस्तै युक्रेनले सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएपछि रूसको बेलगोरोड क्षेत्र पनि खाली गर्न निर्देशन जारी भएको छ। बेलगोरोडका गभर्नर भ्याचेस्लाभ ग्लाडकोभले सोमबार टेलिग्राममा लेख्दैसुरक्षाका लागि स्थानन्तरण गर्न भनेका हुन्।
युक्रेनले रूसको कुर्स्क क्षेत्रभित्र पसेर विगत छ दिनदेखि गरेर भुभाग कब्जा गरेको हो । रुसले विशेष शैन्य कारबाहि भन्दै २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेका थिए । तीन दिनमा नै युक्रेनलाई आफ्नो कब्जामा लिने उद्देश्यले भएको आक्रमणमा रुस विफल भएको दियो ।
उक्त आक्रमणलाई युद्ध भएको भन्ने र विरोध गर्नेहरुलाई पुटिनले जेलमा समेत हाल्दै आएका थिए । युक्रेनमाथी हमला हुँदापनि बदलामा युक्रेनले छिटपुट ड्रोन आक्रमण बाहेक रूसी भूमिमा खासै ठुलो असर गरेको थिएन । तर पछिल्लो समयमा युक्रेनी सेनाले रुसका गाउँ धमाधम कब्जा गर्न थालेपछि त्यहाँका जनताले वास्तवमा नै युद्ध भएको ठानेका छन् ।
प्रतिक्रिया