व्यवसायीले विद्युतको वक्यौता तिनुपर्ने कुरामा कुनै इफ, बट छैन: रवि लामिछाने


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले आम सर्वसाधरणले झैं व्यवसायीहरुले विद्युत प्राधिकरणको बक्यौता तिर्नुपर्ने बताएका छन् ।

मंगलबार पार्टी संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले उद्योगी व्यवसायीहरुले कुनै ‘इफ, बट’ नभनी वक्यौता तिर्नुपर्ने बताएका हुन् । विजुलीको वक्यौता तिर्ने वा नतिर्ने भन्ने कुरा मन्त्री र प्रधानमन्त्रीले आदेश दिएर नहुने उनको भनाइ छ ।

‘‘बाँकी वक्यौता तिर्नुपर्छ । त्यसमा कुनै इफ, बट छैन । हामीले स्पष्ट रुपमा भनेका छौं । आज पनि हामी यसबारेमा कुराकानी गरेका छौं । जसरी आम सर्वसाधरणले तिर्नुपर्छ, नतिरी हुँदैन, त्यसैगरी, जोसुकै होस्, विजुलीको पैसा तिर्नुपर्छ । यो कुनै मन्त्री, प्रधानमन्त्रीले आदेश दिने कुरा होईन । यो पैसा तिर्नुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौं,’ उनले भने ।