
काठमाडौं– नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका चिनियाँ नागरिकको सनाखत भएको छ । उनीहरुको परिवारबाट पहिचानको आधार संकलन भएर मृतकको दाँतको परीक्षणबाट सनाखत भएको हो ।
चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को शव सनाखत भएको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले जानकारी दिए । ‘दाँतको परीक्षणबाट सनाखत भएको छ,’ उनले भने, ‘शव हामीसँगै छ, उहाँहरूको परिवारले यही अन्त्येष्टि गर्ने वा लैजाने भनेर सल्लाह गर्दै हुनुहुन्छ ।’
साउन गत २३ गते बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटना भएको थियो । सो दुर्घटनामा परी क्याप्टेन अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।














प्रतिक्रिया