सर्पले डस्दा अस्पताल नलगी झारफुक गर्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर


काठमाडौं– सर्पले डस्दा घोराही उपमहानगरपालिका– ६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ ।

गएराति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो । सर्पको डसाईका कारण इन्दुकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताएका छन् ।

सर्पले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।