काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झामाथि अनुसन्धान पूरा गरी मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। उनीविरुद्ध ठगी, लिखत कीर्ते, संगठित र राज्यविरुद्धको अपराध कसुरमा मुद्दा दायर गरिएको छ।
झालाई गत १४ असारमा प्रहरीले पक्राउ गरेको थियो । बेचन पक्राउ परेसँगै प्रकरणमा संलग्न थप उच्च तहका व्यक्ति खुल्ने बताइएपनि त्यसमा प्रहरी असफल भएको छ । झाले प्रहरीमा इन्कारी बयान दिएका छन्। उनले तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलाई नचिनेको र आफुले पैसा पनि नलिएको दाबी छ।
प्रतिक्रिया