इन्द्रावती, मेलम्ची नदीमा बाढीको सम्भावना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


मेलम्ची बाढी, फाइल फोटो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान केन्द्रले सिन्धुपाल्चोकको इन्द्रावती, मेलम्ची नदीमा बाढीको सम्भावना रहेको बताएको छ।

जिल्लाको मानेखर्क, ढुंगे, तार्के घ्याङ, भोटाङ, बोल्दे, गोबरे वर्षामापन केन्द्रहरूमा सामान्य–मध्यम वर्षा मापन र थप वर्षा हुन सक्ने सम्भावना रहेको केन्द्रले जनाएको छ । त्यसैले मेलम्ची र इन्द्रावती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

पछिल्लो चौबीस घन्टामा उत्तरी सिन्धुपाल्चोकको मेलम्ची घ्याङ क्षेत्रमा ४६.८, ढुंगेमा ५१.२, मानेखर्कमा ५३.४, गोबरेमा ४४.८ मिलिमिटर वर्षा भएको छ। वर्षाको कारणले नदीमा पानीको सतह बढीरहेको छ ।