अन्तर्राष्ट्रिय मापदण्डअनुसार टिआरसी विधयक बनेको छः कांग्रेस सभापति देउवा

576
Shares

काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी संशोधन गर्न बनेको विद्येयक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकलाई संवोधन गर्दै उनले भने, ‘यो विधेयक हाम्रो प्रचिलत कानुन, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको भएको छ।’

यो संसोधन विधेयकलाई अन्तर्राष्ट्रिय समुदायले समेत नियालीरहेको भन्दै देउवाले उनीहरूबाट समेत साथ प्राप्त हुने विश्वास व्यक्त गरे।

‘संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउँदै गर्दा हामीलाई अन्तर्राष्ट्रिय समुदायले निकायलीरहेको छ,’ उनले भने, ‘यो विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवालाले पनि स्वागत गर्ने हाम्रो विश्वास छ।’

उनले विभिन्न अन्तर्राष्ट्रिय कानुनलाई समेत मध्यनजर गरेर विधेयक अगाडि बढाइएको भन्दै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न लागि परेको बताए । त्यसक्रममा उनले यसअघि सबै दलहरू एक ठाउँमा उभिएर राम्रो संविधान बनाएको भन्दै अब उक्त संविधान कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताए ।