काठमाडौं– बुधबार सेयर बजारको परिसूचक नेप्से ३४.२९ अंक बढेको छ ।
३४.२९अंकको वृद्धिपछि नेप्से २९५७ अंकमा कायम भएको छ । बुधबार कारोबार रकम पनि बढेको छ । मंगलबार २१ अर्ब ५१ करोडको कारोबार भएकोमा आज २३ अर्ब ४३ करोडको भएको छ ।
आज बैंकिङ ०.७२, विकास बैंक ३.०७, फाइनान्स ७.६७, होटल तथा पर्यटन २.३७, हाइड्रोपावर १.९१, लगानी २.४९, उत्पादन ०.६४, निर्जीवन बीमा ०.७४, अन्य ०.८३ तथा व्यापार ०.३९ प्रतिशत बढे ।
माइक्रोफाइनान्स ०.७० तथा जीवन बीमा ०.०८ प्रतिशत घटे ।
प्रतिक्रिया