झापामा नागरिकता लिने भन्दा पासपोर्ट लिने धेरै


झापा– जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा नागरकितभन्दा करिब ७ हजार बढीलले राहदानी लिएका छन् । झापामा पछिल्लो एक वर्षमा २५ हजार ४५५ जनाले राहदानी लिए भने १८ हजार ८२२ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गत आवमा राहदानीबापत १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ । राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले १५ करोड ३० लाख ३९ हजार ४४४ सङ्कलन गरेको छ ।

यसैबीच कार्यालयले चालु तथा पुँजीगत खर्च तीन करोड ८६ लाख १६ हजार चार सय ५७ भएको जनाएको छ ।