काठमाडौं– उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको हो ।
उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार नहुने गरी बिदा दिइएको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले बताए । न्यायाधीश रेग्मीको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ ।
रेग्मी न्याय प्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए ।
प्रतिक्रिया