काठमाडौं– ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै सशस्त्र प्रहरीले निरुता ठगुन्नाको बढुवा गरेको छ । काभा लिगका साथै अन्य भलिवल खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेको भन्दै उनलाई बुधबार सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको हो ।
उनीहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नगद पुरस्कारसहित सम्मान गरेका हुन् । निरुतालाई खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले दज्र्यानी चिन्ह प्रदान गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
उनीसहित नेपाल एपीएफ क्लवका अन्य दुई महिला भलिबल खेलाडीहरुलाई सम्मान गरेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, र सशस्त्र प्रहरी जवान कविता भट्टलाई नगदसहित सम्मान गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया