काठमाडौं– सिन्धुलीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्राङ्गी र ३५ वर्षका पवन मस्राङ्गी छन् ।
बिहीबार बिहान सवा ९ बजेतिर कमलामाई नगरपालिका–२ चियाबारी नजिक बीपी राजमार्गमा गोलञ्जोर सिन्धुलीतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको जिप आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी घाइते भएकाहरूलाई जिल्ला अस्पताल सिन्धुली लगिएको थियो। उपचारको क्रममा बिहान साढे १० बजे तीन जनाको मृत्यु भएको हो। दुर्घटनामा ११ जना घाइते भएका छन्।
जिप चालक गोलञ्जोर–६ का ३२ वर्षीय टीकाजंग राई (हायु) को अवस्था गम्भीर छ। चालकसँगै गोलञ्जोर–६ का २२ वर्षीय उदय लुंगेली, १७ वर्षीया मेनुका मगर र ३७ वर्षका हिमाल परियारलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ।
गोलञ्जोर– ६ कै १८ वर्षीया जिना श्रेष्ठ, पवन मर्स्याङ्गी, ४७ वर्षीया धनमाया वाइबा, २४ वर्षीया लिला मगर, २२ वर्षीया समिना मगर, १९ वर्षीया बन्दना कोइराला, ३७ वर्षीय हिमाल परियार, ५६ वर्षका राजनप्रसाद कोइराला र कमलामाई–५ कि ७८ वर्षीया डम्बर कुमारी कार्की घाइते छन्। उनीहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ।
प्रतिक्रिया