खोटाङ– खोटाङमा स्कुल पढाउन जाँदै गर्दा बाटोमा पहिरोले पुरिएर शिक्षकको मृत्यु भएको छ। रावाँबेसी गाउँपालिका–३ स्थित विश्वज्योती उच्च माध्यमिक विद्यालयकी ६० वर्षीया शिक्षक सावित्रादेवी नेवारको पहिरोमा परेर मृत्यु भएको हो ।
सोहि वडाको कार्यालय छेउमा पहिरो जाँदा शिक्षक नेवार पुरिएकी थिइन् । बिहीबार बिहान ९ बजेर ४५ मिनेट जाँदा पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।
प्रतिक्रिया