काठमाडौं– दुई जना किशोरीमाथि जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले मोरङमा एक जनालाई पक्राउ गरेको छ । बेलबारी नगरपालिका–४ बस्ने ३५ वर्षीय जोसन राई पक्राउ परेका हुन् ।
राईमाथि १६ वर्षीया किशोरी र १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग छ । उनलाई बिहीबार साँझ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
किशोरीहरूलाई जबरजस्ती कारणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया