लेदोसहितको बाढीले बगायो दुईवटा होटल


काठमाडौं– सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका–५ को टासी लाप्चा क्षेत्रमा लेदोसहित आएको भीषण बाढीले दुईवटा होटल बगाएको छ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार बाढीले दुईवटा होटल बगाएको हो । बाढीमा मानवीय क्षति भएको भन्ने सूचना नआएको उनले जानकारी दिइन् ।

हिमताल फुटेको अथवा हिमपहिरो गएको कारण भीषण बाढी गएको आशंका गरिएको छ । तर बाढीको कारण पहाडमाथी गएर हेर्न सक्ने अवस्था छैन । घटनास्थलतर्फ सुरक्षाकर्मी गइसकेको उनले बताएकी छिन् । लेदोसहितको बाढीले गाउँका अधिकांश घर टहरा पुरेको स्थानीयले बताएका छन् ।