११ महिने छोरी छाडेर नेपाली नर्स दुई हप्तादेखि अमेरिकामा बेपत्ता


काठमाडौं– अमेरिकामा एक महिला नर्स बेपत्ता भइकी छिन् । अमेरिकाको भर्जिनिया राज्यमा कार्यरत २८ वर्षीया नेपाली नर्स दुई ममता काफ्ले भट्ट पछिल्लो दुई हप्तादेखि बेपत्ता भएकी हुन् । उनी इनोभा फेयरफ्याक्स हस्टिपल क्याम्पस अन्तर्गतको प्रिन्स विलियम अस्पतालमा कार्यरत थिइन् ।

उनी अन्तिम पटक जुलाई ३१ अर्थात् साउन १६ गतेदेखि बेपत्ता भएकी हुन् । उनलाई सो दिन अन्तिमपटक मनसास पार्कमा देखिएको र सो यता सम्पर्कविहीन रहेको भन्दै मनसास पार्क पुलिस विभागले एउटा सूचना जारी गरेको छ ।
उनको एघार महिनाको छोरी पनि छ । छोरीलाई छाडेर आमा पछिल्लो १६ दिनदेखि बेपत्ता भएको भन्दै प्रहरीले शंकास्पद मानेको छ ।

ममतालाई साथीहरुले अन्तिम पटक २८ जुलाई (१३ साउन) मा कुरा गरेका थिए भने श्रीमान्‌ले ३१ जुलाई (१६ साउन) मा अन्तिम पटक देखेको बताएका छन् । ममता हराएको तीन दिनपछि मात्र उनको श्रीमान्ले प्रहरीलाई श्रीमती हराएको भनेर खबर गरेका थिए ।

अमेरिकी मिडियाहरु वासिङटन पोस्ट, एबीसी न्युजदेखि विभिन्न संचारमाध्यमहरुमा ममता हराएको समाचार प्रकाशित छन् । काफ्लेको खोजीका लागि अनुसन्धान अधिकृतहरुले छिमेकी, आफन्त, साथीभाइ र उनका श्रीमान्सँग पटकपटक सोधपुछ गरेका छन् । खोजीका लागि अनुसन्धानका विभिन्न विधिको प्रयोग गरेको समाचारमा जनाइएको छ । उनका साथीहरुले फाइन्ड ममता काफ्ले भनेर सामाजिक सञ्जालमा क्याम्पिङ नै चलाएका छन् ।

यसैबिच ममताले ६ महिनाअघि सामाजिक सञ्जालको एक ग्रुपमा गरेको पोस्टले उनको श्रीमानसँग राम्रो सम्बन्ध नरहेको कुरा बाहिर आएको छ । उनले सेपेरेटेड सिंगम डिभोस्ड मम फ्रम भर्जिनिया नामक फेसबुक पेजमा आफू श्रीमानबाट अलग्गीन खोजेको बताएकी थिइन् । केही समय अगाडि ममताले श्रीमानसँग खटपट भएको संकेत गरेकी थिइन् ।

उनले लखेकी थिइन्, ‘हाई म ६ महिने बच्चाकी आमा हो । म श्रीमानसँग अलग हुन खोजिरहेको छु । म हप्ताको दुई दिन काम गर्छु । तर, मेरा श्रीमानले मलाई बच्चालाई हेर्न साथ दिएका छैनन् । म अलग भएपछि उनले बच्चालाई बाल कस्टडीमा राख्छु भन्छन् । के यो सम्भव छ ? मलाई बच्चाको हेरचाह गर्ने केन्द्रबारेमा सहयोग चाहियो । मलाई सामाजिक कार्यकर्ताबाट सहयोग र केही सल्लाह चाहियो ।’

बेपत्ता काफ्लेलाई खोज्न अमेरिकास्थित नेपाली दुतावासले पनि अमेरिकाको सरोकारवाला निकायसँग सहयोग मागेको छ ।