Logo

रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोटन

रुस- रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ ।रुसको पूर्वी तट नजिकै आइतबार बिहान गएको भुकम्पपछि ज्वालामुखि विष्फोट भएको छ । ७ म्याग्निच्युडको भुकम्प गएको त्यहाँका सञ्चारमाध्यमले लेखेका छन् ।

पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा ५५ माइल टाढा केन्द्रबिन्दु भएर ७ म्याग्नेच्युडको भुकम्पको गएको थियो ।केन्द्रविन्दु जमनको सतहभन्दा ३० माइल गहिराइमा रहेको थियो ।

सिभेलुच नामक गरेको उक्त ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा रहेको छ । उक्त सहरमा करिब १ लाख ८० हजार जनसङ्ख्या बसोबास गर्छन् ।

रुसी सञ्चारमाध्यम टासका अनुसार ज्वालामुखी विस्फोटपछि खरानी ८ किलोमिटरमाथि आकाशसम्म पुगेको थियो । ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको समाचारमा उल्लेख छ । हालसम्म विष्फोटका कारण कुनै मानवीय क्षति भने भएको खबर आएको छैन । भूकम्पपछि सुनामीको खतरा जारी गरिएको छैन । भुकम्पपछि ३.९ देखि ५ म्याग्नेच्युडसम्मका भुकम्पका पराकम्पन भने गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्