मन्दिरबाट फर्किँदा चट्याङ लागेर एक जनाको मृत्यु
काठमाडौं– जुम्लामा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–२ बस्ने ४० वर्षीय धनसुर बुढाको चट्याङ लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।
बुढा मुगु छायानाथ नगरपालिका–१० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी घर फर्कँदै थिए । पातारासी गाउँपालिका–४ भेरीनाकी पाटनमा पुगेका उनको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको बताइएको छ ।