काठमाडौं– तेजाब आक्रमणमा परेका पीडितहरूको वास्तविक कथालाई आधार बनाइ तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
चलचित्र आगामी शुक्रबारदेखि नेपालभर एकैसाथ प्रदर्शनमा आउने भएको हो । चलचित्रमा तेजाब आक्रमणमा परेका देशभरका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । चलचित्रमा १२५ जना कलाकारको अभिनय रहेको छ ।
जसमा प्रमुख भूमिका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल,एसिड पीडित मुस्कान खातुन, प्राप्ति पौडेल, लिजा कोरानी, रोजल थापा, कमल देवकोटा लगायतका व्यक्तिहरूको अभिनय छ ।
तीन करोड रुपियाँको लागतमा निर्माण गरिएको यो चलचित्र ५८ दिनमा तयार पारिएको हो । अभिनेता रमित ढुङ्गानाले निर्देशन र निर्माण गरेको यस चलचित्रमा शिवम अधिकारीको कथा र पटकथा, नीरज कँडेलको छायाङ्कन, बनिश साहको सम्पादन, ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ । फिल्मलाई पहिलो भागको रूपमा लिन सकिने र यसपछि भाग २ र ३ को समेत तयारी भइरहेको निर्देशक ढुङ्गानाले बताएका छन् ।
प्रतिक्रिया