Logo

बानेश्वरमा भासियो सडक

काठमाडौं– काठमाडौंको नयाँ बानेश्वरमा सडक भासिएको छ । बानेश्वरदेखि शङ्खमूल जाने बाटोमा आइतबार दिउँसो खाल्डो परेको हो ।

सडकमुनि रहेको खानेपानीको पाइप लिकेज भएर सुरुङ जस्तो निर्माण भएपछि सानो प्वाल देखिएको थियो । उक्त भ्वाङ खोल्दै जाँदा ठूलो भ्वाङ भेटिएको प्रहरीले जनाएको छ ।

अहिले त्यहाँ खाल्डो पुर्नको लागि काठमाडौं महानगरको डोजर लगिएको छ । वर्षातका कारण काठमाडौं उपत्यकाका विभिन्न सडकहरू भासिन थालेका हुन् ।

यसअघि गत साउन २५ मा काठमाडौंको कमलादी र साउन ३० गते ललितपुरको इमाडोल सडक पनि भासिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्