काठमाडौं– सुनसरीको गढी गाउँपालिका–२ मा एक जनाको हत्या आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गढी गाउँपालिका–६ का ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेवको हत्या भएको हो ।
उनको शव थलाहा टोलमा टाउको अलग भएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । उनले सिमेन्ट, बालुवाको रिङ बनाउने काम गर्दै आएका थिए ।
अनुसन्धानको क्रममा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया