Logo

राष्ट्रिय कृषि ऐन ल्याउने तयारीमा सरकार

काठमाडौं– सरकारले राष्ट्रिय कृषि ऐन ल्याउने तयारी भइरहेको जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारले मंगलबार कृषि ऐन ल्याउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

एक महिनाभित्रै मन्त्रीपरिषद्मा कृषि ऐन पेस गर्ने तयारी रहेको उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै बताए । ‘राष्ट्रिय कृषि ऐन बन्ने क्रममा छ,’ उनले भने, ‘सम्भवत महिना दिनमा मन्त्रीपरिषद्मा पठाइने छ ।’

किसानको हितका लागि काम गर्ने योजना बनाएको मन्त्री अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्