ट्रम्पले चुनाव जितेमा सरकारमा सहभागी हुने इलोन मस्कको चाहना
काठमाडौं– इलोन मस्कले डोनाल्ड ट्रम्पको नेतृत्वमा सरकार बने आफूले पनि सहभागी जनाउने चाहना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समा मस्कले लेखेका छन–‘आई एम विलिङ टु सर्भ ।’
उनले डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सीमा काम गर्ने भन्दै आफ्नो तस्विर साझा गरेका छन् । राष्ट्रपतिको निर्वाचनको दौडमा रहेका ट्रम्पलाई मस्कको पूरा साथ छ । ट्रम्पले पनि मस्कलाई आफू नेतृत्वको क्याविनेटमा आउन चाहे समेट्ने कुरा गरेको विभिन्न मिडियामार्फत खुलासा भैरहेको छ ।
क्याविनेटमा आउन चाहे क्याविनेटमा नभए सल्लाहकारको रुपमा आएपनि आफूले मस्कलाई प्रशासनमा समेट्ने ट्रम्पको भनाई छ ।