काठमाडौं– लगातार वर्षासँगै नेपालमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कहिले गुडीरहेको बाढीमा पहिरो तथा ढुंगा खस्ने र कहिले भासिने समस्या देखिएका छन् ।
मंगलबार मात्र वर्षाका कारण विभिन्न ठाउँमा गुडिरहेको तीन सवारीमा क्षति पुगेका छन् । गुल्मीको रूरू क्षेत्र गाउँपालिका वडा नं. १ रातामाटामा गुडिरहेको यात्रुवाहक बसभित्र लेदोसहितको पहिरो खसेको छ ।
राजमार्गको तम्घास–बुटवल सडकमा गुडिरहेको लु १ ख ५९२० नम्बरको बसको केही भाग पुरेको छ । यात्रु सबैजना बसबाट सकुल बाहिर निस्किएका थिए ।
राजमार्गको रिडी देखि भेडुवासम्मको २५ किलोमिटर सडकमा स्तरोन्नतिको काम भइरहेको छ । सडक बिस्तारका क्रममा छाडिएको बाटोमा अहिले वर्षाको समयमा हिलाम्मे बन्दा यात्रुहरु कष्टपूर्ण यात्रा गरिरहेका छन् ।
मंगलबार नै चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्यो । ईच्छाकामना गाउँपालिका–५ पर्ने सो सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२ नं को कारमा बिहान ८ बजेको समयमा माथिबाट ढुंगा खसेको हो ।
भरतपुर महानगरपालिका–२ बस्ने सन्तोष कचिलाले चलाइरहेको कारमा ढुङ्गा खस्दा सामान्य क्षतिभएको थियो । घटना भएको केहि समयपछि कार आफ्नो गन्तव्यतर्फ लागेको थियो भने सडक एक्कैछिनमा सञ्चालमा आयो ।
सोहि दिन म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थित बेनी–जोमसोम सडकको सिरुबारी खण्डमा गुडिरहेको बसमा ढुङ्गा खसेको खस्यो । मंगलबार दिउँसो गुडिरहेको बसमा माथीबाट खसेको ढुंगाले लागेर दुई जना यात्रु घाइते भए । .
पोखराबाट जोमसोमतर्फ जाँदै गरेको ग १ ख ७७१७ नम्बर प्लेटको बस पहिरो छिचोल्ने क्रममा माथिबाट ठूलो ढुंगा खसेर लागेको हो । बसमा सवार बेनी नगरपालिका–४ सिङ्गा म्याग्दीकी २१ वर्षीया पूजा खड्का र गुल्मी इस्मा गाउँपालिका–२ की ३१ वर्षीया मिना नेपाली घाइते भएका छन् ।
घाइतेहरुको बेनी अस्पतालमा उपचार भैरहेको छ । उनीहरु खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
गत असार २८ मा नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको थियो ।
बुटवलबाट काठमाडौं जाँदै गरेको लु२ख ६५६६ नम्बरको बस चालक नवलपरासी सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको हो । उनले ढुंगा लागेर घाइते भएको अवस्थामा पनि बसमा सवार यात्रुको सम्मान गरेको भनेर सरकारले सम्मानसमेत गरेको छ ।
सोही दिन नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गतकै सिमलतालमा लेदोसहित आएको पहिरोसँगै दुईवटा बस त्रिशुलीमा खसेर बेपत्ता भएका थिए । दुई बसमा ६५ जना यात्रु सवार रहेको मध्ये ३ जना सकुशल त्रिशुलीबाट बाहिर निस्किएका थिए । अन्य यात्रुमध्ये २५ जनाको शव भेटिएको छ भने अन्य ३७ जना र बस अझै बेपत्ता छ।
प्रतिक्रिया