दाङ– इनार सफा गर्न भित्र छिरेका दुई जनाको दाङमा निसासिएर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– १३ दमारगाउँका मुकेश विक र यामबहादुर नेपालीको निसासिएर मृत्यु भएको हो ।
उनीहरु बुधबार बिहान साढे १० बजेतिर दमारगाउँकै दुर्गा विकको इनार सफा गर्न भन्दै इनारभित्र प्रवेश गरेका थिए । तर इनारभित्र निसासिएर बाहिर निस्कन नसकेको भन्ने सूचना पाएपछि उनीहरुको उद्दारका लागि इलाका प्रहरी कार्यालय तलुसीपुरबाट प्रहरीके टोली खटिएको छ । उनीहरुलाई टोलीले तत्काल इनारबाट निकालेको थियो ।
उपचारका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुर पठाइएकोमा बिहान ११ बजे उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको हो ।
प्रतिक्रिया