कैलाली– लगातारको भारी वर्षाका कारण कैलालीमा एक सय बढी घर डुबानमा परेका छन् । बुधबार कैलालीका कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिकालगायत क्षेत्रका करिब एक सय बढी घर डुबानमा परेका हुन् ।
कैलारी गाउँपालिकामा ७२ घर डुबानमा परेका छन् । वडा नं. ५ र ७ स्थित पुरानो मनकापुरका ३६, जनकपुर र बसन्ताको २५ र भगहाको ११ घर डुबानमा परेका हुन् ।
त्यस्तै गौरीगंगा नगरपालिकाका वडा नं ७, ९ स्थित महादेवा, भगवानपुर, शंकरपुर गाउँका गरी २२ घर डुबानमा परेका छन् । यस्तै कैलालीकै घोडाघोडी नगरपालिका–५ सेउकलिया, वडा नम्बर ९ रत्तीपुर क्षेत्रको पनि दर्जनौँ घर डुबानमा परेका छन् ।
प्रतिक्रिया