Logo

भदौ ७ मा समितिमा बयान दिन जान्छुः रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने बताएका छन् ।

बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकमा आफूलाई भदौ सात गतेको बैठकमा बोलाएको भन्दै उक्त मितिमा बयान दिन जान लागेको बताएका हुन् ।

‘समितिले मलाई भदौ ७ गते बोलाएको छ । म त्यहाँ जान्छु’, लामिछानेले बैठकमा गराएको जानकारी उधृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘गएर आफ्ना कुराहरू म ढुक्कसाथ राख्छु ।’

प्रतिक्रिया दिनुहोस्